खेल्दै सिक्ने केन्द्र

खेल्दै सिक्ने केन्द्रको यो सानो कोठामा छिर्दा बालबालिका निकै ब्यस्त थिएँ । कोही ससाना रंगीचंगी कागजमा लेखिएका अक्षरसंग कागजमा कोरिएका रंगिन चित्रहरु द‘ाजेर मिलाईरहेका थिए । कोही भने बल खेल्नमा त कोही त्यह‘ा राखिएका अन्य खेलौनाहरु खेल्नमा ब्यस्त थिए ।

अलि वकस मियाँ

बल सिक्यो, म्याथ सिक्यो, अब क्यारम सिक्यो । अब अलि अलि पढेर कम्प्युटर सिक्ने हो ।

यह‘ा आउने वालवालिकाहरु मध्ये एक हुनुहुन्छ अलि वकस मिया । अलि स्कुल जानुहुन्न । वरु दिनको दुईघण्टा यहा आउनुहुन्छ । यहा उनले खेल्ने मात्र होईन खेलसंगै पढाईका कुराहरु पनि सिकिरहनु भएको छ । गरिबीका कारण अलि विद्यालय भर्ना हुनु भएको छैन । यो केन्द्र करिव दुई बर्ष अघि उनि जस्तै विद्यालय जानबाट वञ्चित वालवालिकाहरुले केही कुरा सिकुन भन्ने उदेश्यले खोलिएको हो । काठमाडौँ महानगरको १५ नं वडा स्थित डल्लु आवास क्षेत्र भित्र स्वयम्भू सामुदायिक अध्ययन केन्द्रले यसको सञ्चालन गर्दै आएको छ ।

अलि यह‘ा आएको करिव ५ महिना भएको छ । यस अवधिमा धेरै ज्ञानज्ञुनका कुराहरु सिक्नु भएको छ ।

अलि वकस मिया
१२३४५६………………………………३५ सम्म ।

यह‘ा अलिजस्तै ५४ जना वालवालिकाहरु खेल्दै रमाईलो गर्दै सिक्ने गरेका छन । उनिहरु आफनो पायक समय मिलाएर दिनको दुई घण्टा यहा आउने गरेका छन । भने केही विद्यार्थीहरु त यह‘ाको सिकाईवाट हौसिएर पुन विद्यालय फर्केका पनि छन ।

कल्पना मगर ः सृजना सुधारलय सेकेन्डरी स्कुल ।
म पहिला यह‘ा पढथें केएसके रुममा । अहिले घर पनि बनिसक्यो । त्यसैले म आजकल स्कुल जान्छु । कहिले काहीं यह‘ा आउ‘छु । यहा चाहीं हामी ११ बजे आउछौं । विदाको दिन चाहीं आउँछौं ।

यस केन्द्रमा आउने हरेक वालवालिकाहरुको छुट्टै फाईल बनाईएको छ । हरेक हप्ता उनिहरुले गरेका प्रगतिका वारेमा यह‘ा रेकर्ड राखिन्छ । अनि बेला बेलामा उनिहरुका आमाबाबु बोलाएर आफनो बच्चाहरुको प्रगतिका बारेमा जानकारी गराईन्छ । अनि विद्यालय पठाउन ईच्छुक अभिभावकलाई नजिकैको विद्यालयमा सम्पर्क गरेर भर्ना गर्न समेत केन्द्रले सहयोग गर्दै आएको छ ।

कल्पना मगर ः सृजना सुधारलय सेकेन्डरी स्कुल ।
कहिले काहीं खेल्छ, कहिले काहीं रिसाउछ । कहिलेकाही साथीहरुलाई के के भन्छ । नाच्छु । कहिले काहीं हामीहरुले डान्स सिकेको यहानेर देखाउँछ ।

Search