राष्ट्रिय खेलाडी बन्ने तयारी

एक अर्काका कपाल बाट्दै गरेका यी किशोरीहरु भलिबलको अन्तिम म्याचमा जान तयार भइरहेका हुन् ।

च्यार अप….

अब यी किशोरीहरुको यात्रा सुरु भयो म्याच तर्फ जाने । यो टोली हिँडेर नै रमाई रमाई जान्छन् । अनि जहाँ भाँडामा लाग्ने गाडी पाइन्छ त्यहाँबाट लाग्छन आफ्नो म्याच भएको स्थान काठमाडौँ बालाजुको ढोरपाटन क्लब तर्फ ।

डे«स चेन्ज गरेको…

काठमाडौँको सिभम निउ डाइमन्डले रुपन्देहिको एभरेष्ट बोर्डिङ्ग स्कुलसँग यतिबेला अन्तिम चोटि भिड्दै छ । च्यामपियन को बन्छ भन्ने कुराको सबैलाई खुल्दुलि भइरहेको छ ।
म्याच सकियो अनि खुल्दुलि पनि । ट्रफि सिभम निउ डाइमन्डको हातमा ।

कृपा अधिकारी
टेक्निक अब हाम्रो नयाँ प्लेयर हो सबै होइन हामीले टे«निङ्गमा अब यसरी खेल्नु पर्छ भनेर सबै ट्रेनिङ्गमै गरेर आएका हुन्छौँ यहाँ टिम कोअर्डिनेसन गर्दा चाहिँ अब बिग्रिँदा खेल्नुपर्छ मिलेर गर्नुपर्छ भन्ने चाहिँ हुन्छ अब सबै जना कोअर्डिनेट गरेर खेल्छौँ हामी एक्लैले होइन कि टिमले नै गर्दा जितेको जस्तो हुन्छ ।

यो टोली बाहेक अरु १५ वटा महिला टोलीले प्रथम प्याब्सन विद्यालय भलिबल कमिसन अन्डर १८ को राष्ट्रिय भलिबल प्रतियोगीताको बिजेता हुन खेल खेलेका थिए । महिला सँगसँगै २३ वटा पुरुष टोली पनि यो प्रतियोगीतामा भिडेका थिए । पुरुष तर्फ भने निउटन हाई स्कुलले उपाधी हात पार्यो ।
सोह्र देखि १८ वर्षका यी किशोर किशोरी मध्येबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यले यो प्रतियोगिता आयोजना गरीएको थियो ।

Search