बालक बेच्ने समातिए

घरेलु काममा लगाउने भन्दै सडक बालकहरुलाई भारतमा लगेर बेच्ने एउटा गिरोहलाई प्रहरीले समातेकोे छ । मोरङ प्रहरीले यो गिरोहका तीन जनालाई सिमावर्ती जोगबनी नाका नजिकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतिय र दुई जना नेपाली रहेका छन् ।

जोगबनी नाका हुदै भारत तर्फ लैजान लागेको अवस्थामा तीन जना बालकहरु सहित भारत मुरदबाका मंजित सिंह र सुनसरी इटहरीका राजु भण्डारी र सुरज ऋषिदेवलाई पक्राउ गरिएको हो । उनीहरुले नेपालबाट भारतिय बोर्डरसम्म लगे वापत प्रति बालक १ हजार ५ सय रुपैया र बोर्डर बाट सम्बन्धित व्यक्ति सम्म पु¥याए वापत ४ हजार भारतिय रुपैया पाउने गरेका थिए ।

अहिले सम्म उनीहरुले पूर्वाञ्चलका १० जना सडक बालकहरुलाई भारतको विभिन्न ठाँउमा बेचेको प्रहरीले जनाएको छ ।

Search