sagarmatha-icon  Free-Press-icon
Home » Activities » शान्ताको मुक्त यात्रा

शान्ताको मुक्त यात्रा

May 17, 2017 11:44 am Category: Activities, समाचार Leave a comment A+ / A-

दाङ जिल्लाको घोराही बजारमा छ नेपाली सैलुन । त्यही सैलुनमा शान्ता चौधरी ग्राहकको दारी काट्दै गरेको अवस्थामा भेटिनुभयो । थारु समुदायमा अहिले सम्म कसैले नगरेको काम शान्ता गर्दै हुनुहुन्थ्यो ।

शान्ता चौधरी

घरमा त्यो कमाउने मान्छे छैन क्यारे आमा दिदी र म तिन जान छौ ।

४ महिनाको तालिम लिएपछि शान्ताले केही कमाइ गरेर घरमा सहयोग गर्न सैलुनमा काम गर्न थाल्नुभएको हो । सुरु सुरुमा यसरी केटाहरुको सैलुनमा आएर काम गर्दा शान्तालाई अफ्ठयारो लागेको थियो । तर विस्तारै घरको स्थिती सम्झेर शान्ता अघि बढिनै रहनुभयो । यो काम गर्न थालेको डेढ वर्ष भयो ।

शान्ता चौधरी

मैले पनि एउटा सीप जुन भए पनि एउटा सीप हुनुपर्छ मान्छेमा, आफनो खुट्टामा उभिनुपर्छ जे जस्तो भएपनि नराम्रो काम गर्नुभएन भनेर यो काम गरेको ।
शान्ता ११ वर्षको उमेरमा कमलरी बस्नुभएको थियो । कमलरी बसेको डेढवर्षपछि नेपाल युथ फाउण्डेशनले शान्ताको उद्वार गरेको थियो । अहिले शान्तन कसैको कर कापमा नभएर आफनै खुसीले सैलुनमा काम गर्नुहुन्छ । महिनाको नौ हजार रुपैयाँ कमाउनुहुन्छ । २०७० साल असार १३ गतेको कमलरी मुतm घोषण भएसगैँ शान्ता जस्तै १२ हजार ७ सय किशोरीहरु यसरी नै आफूखुसी विभिन्न काम गरेर आत्मनिर्भर बनेका छन् ।

शान्ताको मुक्त यात्रा Reviewed by on . दाङ जिल्लाको घोराही बजारमा छ नेपाली सैलुन । त्यही सैलुनमा शान्ता चौधरी ग्राहकको दारी काट्दै गरेको अवस्थामा भेटिनुभयो । थारु समुदायमा अहिले सम्म कसैले नगरेको काम दाङ जिल्लाको घोराही बजारमा छ नेपाली सैलुन । त्यही सैलुनमा शान्ता चौधरी ग्राहकको दारी काट्दै गरेको अवस्थामा भेटिनुभयो । थारु समुदायमा अहिले सम्म कसैले नगरेको काम Rating: 0

Leave a Comment

scroll to top