sagarmatha-icon  Free-Press-icon
Home » समाचार » सितलको घर

सितलको घर

May 17, 2017 11:37 am Category: समाचार Leave a comment A+ / A-

बेशिसहर नगरपालिका वडा नम्बर ११ मा पर्छ १३ वर्षकी सितल तामाङको घर । आफ्ना भाइबहिनी ११ वर्षिय सुमन तामाङ ८ वर्षिय सोनु तामाङ र ५ वर्षिय युनिका तामाङको अभिभावक भइसक्नु भएको छ सितल । काम गर्न विदेश गएका बुबाआमा दुवै नफर्किएपछि सितल र ३ भाईबहिनी यस्तो अवस्था भएको हो ।
गाउँकै जनजागृती आधारभुत विद्यालयमा ८ कक्षामा पढ्दै गरेकी सितल भाईबहिनीलाई नुहाइधुवाँई गरिदिने, खाना पकाएर खुवाउने र भाईबहिनी सहित आफू पनि स्कुल जानुहुन्छ ।

शितल तामाङ

ममी विदेश जान्छु भनेर जानुभएको थियो त्यो चाहिँ मलाई थहाछैन सम्पर्कमा पनि छैन हामी भाई बहिनीलाई स्कुल पठाउने खाना खान दिने नुहाईदिने त्यति ।

खानाको लागि कहिले आफन्त त कहिले छिमेकीले दिन्छन् । कहिले आफैँ पनि विदाको दिन मेलामा गएर घरखर्च टार्नुहन्छ सितल । बस्नका लागि वल्र्ड भिजन एडिपिको आर्थिक सहयोग र स्थानियको श्रमदानले चिटिक्काको नयाँ घर बनेको छ ।
२ कोठे पक्की नयाँ घर निर्माणका लागि वल्र्ड्भिजनले एक लाख ८ हजार रुपैयाँ बराबरको सहयोग गरेको छ । ७० हजार रुपैया बढीको स्थानीयले श्रमदान गरेका थिए । नयाँ घरमा बस्न पाएकोमा सितलका भाइबहिनी खुशी छन् । तर खाना, लगाउन र पढ्नका लागि समस्या छदैछ ।

सितलको घर Reviewed by on . बेशिसहर नगरपालिका वडा नम्बर ११ मा पर्छ १३ वर्षकी सितल तामाङको घर । आफ्ना भाइबहिनी ११ वर्षिय सुमन तामाङ ८ वर्षिय सोनु तामाङ र ५ वर्षिय युनिका तामाङको अभिभावक भइस बेशिसहर नगरपालिका वडा नम्बर ११ मा पर्छ १३ वर्षकी सितल तामाङको घर । आफ्ना भाइबहिनी ११ वर्षिय सुमन तामाङ ८ वर्षिय सोनु तामाङ र ५ वर्षिय युनिका तामाङको अभिभावक भइस Rating: 0

Leave a Comment

scroll to top