sagarmatha-icon  Free-Press-icon
Home » चिनारी » संसारकै राम्रा अक्षर लेख्ने किशोरीहरू

संसारकै राम्रा अक्षर लेख्ने किशोरीहरू

March 30, 2015 10:13 am Category: चिनारी Leave a comment A+ / A-

chinari-handwritingस्वर्णिमा शाक्य: सन्ताउन्न वटा देशका साना ठूला प्रतियोगीलाई उछिन्दै नेपालकी स्वर्णिमा शाक्य पहिलो हुनुभयो । अर्थात स्वर्णिमा संसारकै सबैभन्दा कलात्मक अक्षर भएको व्यक्ति हुनुभएको छ ।

जेम्स स्कुलमा कक्षा ६ मा पढदै हुनुहुन्छ १२ बर्षीया स्वर्णिमा शाक्य । संयुक्त राज्य अमेरिकाको न्युर्योकमा भएको वल्र्ड ह्याण्डराईटिङ प्रतियोगितामा सबै उमेर समुहका आर्टिस्टीक ह्याण्डराईटिङ कम्पिटिसनमा पहिलो हुनुभएकोले उहाँलाई विश्व च्यायम्प– पेनको उपाधि दिईएको हो ।

स्वर्णिमा शाक्य भन्नुहुन्छ, “यस्तो मैले सोचेकै थिईन । पहिलो हुँदा मलाई खुशी लागेको छ र गौरव अनुभव गरिरहेकोे छु । ईन्टरनेटमा मेरो बाबाले सर्च गरेर वल्र्ड ह्याण्डराईटिङ कन्टेस्ट पनि छ भन्ने थाहा भयो र म पनि पठाउने भने र धेरै प्राक्टिस गरेर पठाएं । २ महिना पछि नतिजा पनि आयो अनि वेब साईटमा आफनो नाम हेर्दा मलाई एकदम खुशी लागेको थियो ।”

स्वर्णिमाले यो प्रयोगितामा दोश्रो पटक सहभागी हुनुभएको हो । गएको वर्ष पनि यहि प्रतियोगितामा स्वर्णिमाले कर्सिभ राईटीङको विधामा दोस्रोे स्थान जित्नुभएको थियो । नेपालमै आयोजना गरिएको राष्ट्रियस्तरको हस्तलेखन प्रतियोगितामा पनि जुनियर तर्फ प्रथम भएर ५० हजार रूपैयाँ पुरस्कार पाइएसक्नु भएको छ ।

स्वर्णिमाकी आमा ऋतु  हरेक व्यक्तिको सफलता पछाडी पारिवारीक भुमिका सबैभन्दा बढी महत्वपुर्ण हुन्छ भन्नुहुन्छ ।

ऋतु शाक्यको शब्दमा, “खास बच्चाहरूलाई गाली गर्ने होइन कि अलि सम्झाउने हिसावले गर्यो भने उनिहरुले मान्छन् र प्रगति गर्छन ।”

स्वर्णिमा शाक्य भन्नुहुन्छ, “राम्रो लेख्नचाहिँ पहिला मेरो मम्मीले सिकाउनु हुन्थ्यो । र त्यसैलाई मैले अझै राम्रो बनाउँदै गएँ । म हरेक दिन लेख्ने अभ्यास गर्दिन तर म आफ्नो होमवर्क गर्दा राम्रो लेख्ने गर्छु यसले मेरो लेखाई पनि राम्रो हुँदै गयो ।”

राम्रो लेख्नु एउटा कला हो । प्रतियोगितामा भाग लिन त अक्षर राम्रो भएर मात्र पनि हुदैन , कुन अक्षर कसरी लेख्ने  भन्ने नियम पनि जान्नुपर्छ ।

रक्षा अर्याल: रक्षा अर्यालका अक्षर पनि लोभलाग्दा छन् । छापेका जस्तै । पत्याउनै मुस्किल हातले नै लेखिएको अक्षर हो भनेर । होली गार्डेन स्कुल, बालाजु, कक्षा १० मा पढने रक्षा अर्याल भन्नुहुन्छ, “शैक्षिक हिसाबले राम्रो लेखाईको महत्व परिक्षाका बेलामा छ । तर अरु बेलामा नचिनेको मान्छेले मेरो अक्षर देखेर पनि त मेरो व्यक्तित्व राम्रो होला भन्ने अनुमान गर्न सक्छ नी ।”

राम्रा अक्षर लेखेकै कारण उहाँले हालै संयुक्त राज्य अमेरिकाको न्युर्योकमा भएको एक विश्वव्यापी प्रतियोगिताको किशोर/किशारी समुह अन्र्तगत कर्सिभ राईटिङको उपाधी जित्नुभएको हो ।

रक्षा अर्याल भन्नुहुन्छ, “अक्षर लेखन प्रतियोगिताका  स्कुलले सूचना दियो अनि मैले मैले घरमा गएर वेभसाईट खोलेर हेरें, त्यहाँ राखिएका अक्षरभन्दा त म नै राम्रो लेख्छु की जस्तो पो लाग्यो ।”

आयोजकले आफनो वेवसाईट मार्फत आब्हान गरेको प्रतियोगितामा उहाँले आवेदन भर्नुभएको हो । निवेदन दिदा झण्डै १०० शब्दको अनुच्छेद लेख्न पर्नेे थियो । प्रतियोगिताको नारा प्रत्येक मानिसको राम्रो तरिकाले लेख्ने अधिकार छ’ भन्ने थियो ।

रक्षा अर्याल भन्नुहुन्छ, “विशेष खालको कागजमा लेख्न पर्ने रहेछ, बोर्डर कुच्याउनु हुँदैनथ्यो । अनि धेरै नियम पनि थिए । जुन काम गर्दा पनि पहिला आफुभित्र एउटा सकारात्मक इख ल्याउनु पर्छ । अनि त्यसलाई निरन्तरता दिइरहनुपर्छ । एक दुई दिन गर्यो फेरी छोड्ने भयो भने सफल भइदैन ।”

निरन्तर अभ्यास नै रक्षाको सफलताको रहस्य हो । अहिले रक्षाको सफलता साथीभाईका लागि पनि प्रेरणा भएको छ ।
प्रस्तुतिः शोभा मानन्धर

संसारकै राम्रा अक्षर लेख्ने किशोरीहरू Reviewed by on . स्वर्णिमा शाक्य: सन्ताउन्न वटा देशका साना ठूला प्रतियोगीलाई उछिन्दै नेपालकी स्वर्णिमा शाक्य पहिलो हुनुभयो । अर्थात स्वर्णिमा संसारकै सबैभन्दा कलात्मक अक्षर भएको स्वर्णिमा शाक्य: सन्ताउन्न वटा देशका साना ठूला प्रतियोगीलाई उछिन्दै नेपालकी स्वर्णिमा शाक्य पहिलो हुनुभयो । अर्थात स्वर्णिमा संसारकै सबैभन्दा कलात्मक अक्षर भएको Rating: 0

Leave a Comment

scroll to top