sagarmatha-icon  Free-Press-icon
Home » चिनारी » श्रेयसीको प्रतिभा

श्रेयसीको प्रतिभा

March 30, 2015 10:17 am Category: चिनारी Leave a comment A+ / A-

Shreyeshi Chemjong१४ वर्षको उमेर सामान्य बालबालिकालागि पढनेलेख्ने र खेल्ने उमेर हो । तर, यही कलिलो उमेरमा श्रेयसी चेमजोङले भने आफ्नो फरक पहिचान बनाई सक्नुभएको छ । सङ्गीतमा आफ्नो भविष्य बनाउनका लागि अहिले काठमाडौँमा संघर्ष गर्दै हुनुहुन्छ उहाँ। र काठमाडौँको डिल्लीबजारमा रहेको पद्मकन्या उच्चमाविमा कक्षा ९ मा पढ्दै पनि हुनुहुन्छ ।
उनि भन्नुहुन्छ “म गाउँबाट यहाँ कसरी आइपुगेँ मलाई पनि राम्रोसगँ थाहा छैन । निकै संघर्ष पनि गरेको छु । विभिन्न ठाउँमा जानु परयो र मेरो पढाईलाई पनि वाधा पर्यो । ”
धनकुटाकी श्रेयसीले मिहिनेत गरे अनुसार फल पनि राम्रो पाउनु भएको छ । उहाँले गाउनुभएको गीतहरू राखिएका २० वटा एल्बम बजारमा आइसकेको छ । अनि उहाँँका गीतहरू अन्य थुप्रै एल्बममा पनि निस्कने क्रममा छन् ।
“म सङ्गीत फिल्डमा लागेको चाहिँ ६ वर्ष देखि नै हो । ६ वर्ष देखि नै गाउन थालेँ र ७ वर्ष देखि त मैले स्टेज प्रोगामहरूमा नै जान थालेँ श्रेयसी भन्नुहन्छ । ”
उहाँलाई सङ्गीतमा लाग्न सबै भन्दा पहिले प्रेरित गर्ने व्यक्ति चाहिँ उहाँको आफ्नै फुपुको छोरा पूर्णचन्द« जवेगु हुनुहुन्थ्यो । उहाँले पछि एक वर्ष गुरुदेव कामतसगँ संगीत सिक्नुभएको थियो । उहाँमा नेपाली गीत गाउने मात्र नभई मैथली र नेपाल भाषामा गीत गाउने क्षमता पनि छ । श्रेयसीले विभिन्न नेपाली चलचित्रहरूका लागि गीत गाइसक्नुभएको छ । उहाँले २०६३ सालमा देशभरि भएको आधुनिक गायन प्रतियोगितामा छैटौँ स्थान प्राप्त गर्न सफल हुनुभएको थियो । त्यतीवेला उहाँ ७ वर्षको मात्र हुनुहुन्थ्यो । सन् २०१३ जनावरी १३ मा हङकङमा आयोजना गरिएको एक कार्यक्रममा पनि उहाँ गित गाउनुभएको थियो ।
श्रेयसी भन्नुहुन्छ “मैले आधुनिक लोक गीत,लाक पप् पनि गाउँछु अनि राष्ट्रिय र स्वदेश गानहरूपनि गाउँछु ।” भविष्यमा गायन क्षेत्रका साथ साथै समाजसेवाको क्षेत्रमा पनि केही गर्ने लक्ष्य श्रेयसी चेमजोङको छ ।

संस्कृति चालिसे/काठमाडौँ

श्रेयसीको प्रतिभा Reviewed by on . १४ वर्षको उमेर सामान्य बालबालिकालागि पढनेलेख्ने र खेल्ने उमेर हो । तर, यही कलिलो उमेरमा श्रेयसी चेमजोङले भने आफ्नो फरक पहिचान बनाई सक्नुभएको छ । सङ्गीतमा आफ्नो १४ वर्षको उमेर सामान्य बालबालिकालागि पढनेलेख्ने र खेल्ने उमेर हो । तर, यही कलिलो उमेरमा श्रेयसी चेमजोङले भने आफ्नो फरक पहिचान बनाई सक्नुभएको छ । सङ्गीतमा आफ्नो Rating: 0

Leave a Comment

scroll to top