sagarmatha-icon  Free-Press-icon
Home » नयाँ पुस्ता वार्ता » शुभारम्भ विशेष

शुभारम्भ विशेष

March 30, 2015 9:33 am Category: नयाँ पुस्ता वार्ता Leave a comment A+ / A-

कार्यक्रमका सभाध्यक्ष ज्यू

श्रीमान प्रमुख अतिथि माननीय गौरी प्रधानज्यू

आमन्त्रित विशिष्ठ अतिथि, मान्यवर तथा मित्रहरु

किड्स न्यूज नेपालको यो औपचारिक शुरुवातका अवसरमा तपाईलाई हार्दिक स्वगत छ ।

नेपाल वातावरण पत्रकार समूह विगत २७ वर्षदेखि वातावरण र दिगो विकासका क्षेत्रमा कार्यरत पत्रकारहरुको संस्था हो । करिव तीन दशक लामो जीवनमा नेपाल वातावरण पत्रकार समूहले सञ्चारका क्षेत्रमा अग्रणी भुमिका समेत निर्वाह गरिसकेको छ । राजनीतिक घटना, ठूला मान्छेका गतिविधि, ठूलठूला काण्ड तथा बहादुरीपूर्ण घटनालाई मात्र समाचार ठानिने त्यस जमानामा वातावरण र दिगो विकासलाई समाचारको विषयवस्तु बनाउन क्रियाशील हुनु आफैंमा एउटा महत्वपूर्ण कदम थियो । १६ अघि वर्षदेखि नेपालकै पहिलो भिडियो म्यागजिन आँखीझ्यालको निरन्तर उत्पादन तथा प्रसारण गरिरहनु समूहको अर्को उल्लेखनीय प्रयास हो । काठमाडौंमा दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो– रेडियो सगरमाथा सञ्चालन गर्नु यस समूहको अर्को अग्रणी कार्य हो । समूहले सामुदायिक रेडियो सहयोग केन्द्र मार्फत देशका विभिन्न भागमा १२० वटा भन्दा बढी सामुदायिक रेडियो स्थापना तथा विकासमा नेतृत्वदायी भुमिका समेत निर्वाह गरेको छ ।

नेपाली ग्रामीण क्षेत्रका जनताको सूचनाको पहुँच अभिवृद्धिका लागि खेलेको भुमिकाको कदर स्वरुप सामुदायिक रेडियो सहयोग केन्द्र÷ नेपाल वातावरण पत्रकार समूह विश्वभरीनै अत्यन्त प्रतिष्ठित पुरस्कार ग्रामीण सञ्चारका लागि युनेस्को–आईपीडिसि पुरस्कार– २०१२ बाट सम्मानित समेत भएको छ ।

विगतका यिनै सफलता तथा सम्मानबाट उत्साहित भएर हामीले किड्स न्यून नेपाल अभियान शुरुवात गरेको कुरा आज तपाईहरु समक्ष राख्न पाउदाँ हामी अझ हर्षित छौं ।

केटाकेटी हाम्रा भविश्य र आशा दुवै हुन । उनीहरुको समग्र विकासका लागि क्रियाशील रहनु हामी सबैको कर्तव्य हो । हाम्रा यी नयाँ पुस्तालाई साँच्चिकै जीवन उपयोगी शिक्षा दिने हो भने सिकाइका अवसरको मात्रामा विस्तार र गुणस्तरमा वृद्धि गर्नु अत्यावश्यक छ ।

नेपालका अधिकाशं शिक्षालयहरुमा पाठ्यपुस्तक मात्र पढाइन्छ । सूचना र ज्ञान हाँसिल गर्न यी क्रियाकलापहरु पर्याप्त हुदैनन् । यसका लागि खुल्ला विद्यालय, दूरशिक्षा, सामुदायिक सञ्चार तथा सूचना प्रविधिको सुविधा प्रयोग गरी परम्परागत शैक्षिक प्रतिष्ठानहरुलाई सहयोग र भरथेग गर्नु आवश्यक हुन्छ । केटाकेटी र नवयुवालाई ताज घटना, वरिपरिका गतिविधि, विचार र विश्लेषणहरु उनीहरुकै दृष्टिकोण, सहभागिता र उनीहरुले वुझ्ने भाषामा दिनु जरुरी हुन्छ । आठ–नौ वर्षदेखि १५–१६ वर्ष उमेर समूहको नयाँपुस्ताका लागि साहित्य, कला, सञ्चारजस्ता क्षेत्रमा आवश्यक सामग्री नेपालमा अत्यन्त न्यून छन, जसले नयाँपुस्तालाई भरपर्दो सन्दर्भ सामग्रीको अभाव पुरा गर्न सकोस् ।

अर्कोतर्फ केटाकेटी र नवयुवाप्रति हाम्रो समाजले समान व्यवहार गर्न सकेको छैन । यहाँ वृहद अनुभव, दक्षता, सीप र परिपक्वता भएका वयष्कहरु तथा नवयुवाहरुबीच समानता भनेको के हो भन्ने प्रश्न उठ्न सक्छ । घृणा, लज्जा, पीडा र आरोपको अपमानजनक वातावरणमा होइन नवयुवाले हार्दिक र निर्धक्क वातावरमा जीवन विकास र सिकाइका चरणहरु पार गर्न पाउनु उनीहरुको हक हो भन्ने कुरामा हामी सहमत छौं । तसर्थ नवयुवाका लागि समानता भनेको आदर र गरिमाका हिसावले समानता हो । उनीहरु यस कुराका लागि हकदार समेत हुन भन्नेमा हामी विश्वास राख्छौं ।

व्राजिलीयन शिक्षाशास्त्री पाउले फ्रेरेले भनेका छन– सम्वादविना सञ्चार सम्भव छैन र सञ्चारविना शिक्षा सम्भव छैन । शिक्षाशास्त्रीहरुका अनुसार, सही सिकाइ सान् …

शुभारम्भ विशेष Reviewed by on . कार्यक्रमका सभाध्यक्ष ज्यू श्रीमान प्रमुख अतिथि माननीय गौरी प्रधानज्यू आमन्त्रित विशिष्ठ अतिथि, मान्यवर तथा मित्रहरु किड्स न्यूज नेपालको यो औपचारिक शुरुवातका अव कार्यक्रमका सभाध्यक्ष ज्यू श्रीमान प्रमुख अतिथि माननीय गौरी प्रधानज्यू आमन्त्रित विशिष्ठ अतिथि, मान्यवर तथा मित्रहरु किड्स न्यूज नेपालको यो औपचारिक शुरुवातका अव Rating: 0

Leave a Comment

scroll to top