sagarmatha-icon  Free-Press-icon
Home » Activities » विद्यालय बनेपछिको खुुसी

विद्यालय बनेपछिको खुुसी

May 17, 2017 11:23 am Category: Activities, समाचार Leave a comment A+ / A-

यो खुसी यो उमगं आफ्नो विद्यालयको भवन बनेपछिको हो ।
२०७२ बैशाख १२ गतेको विनाशकारी भुकम्प परि धादिङ जिल्लाको चैनपुर गाउँ विकास समितिमा रहेको परोपकार आधारभुत विद्यालयको ४ वटा कक्षा कोठा भत्किएपछि बालबालिकाहरुको पढाइ नै प्रभावित भएको थियो ।
१ कक्षा देखि ८ कक्षा सम्म पढाइ हुने विद्यालय भत्किएपछि अभिभावक र शिक्षकहरु मिलेर त्रिपाल टेन्ट र बाँस जस्तापाताले अस्थायी कक्षा कोठा बनाए । तर त्यसमा पढदा निकै अप्ठयारो थियो ।
सर्भिस फर पिस नेपाल नामक संस्थाले विद्यालयमा भुकम्प प्रतिरोधी ३ कोठे पक्की विद्यालय बनाइदिएपछि विद्यार्थीहरु खुसी भएका छन । नयाँ कक्षाकोठा उद्घाटनको दिन उनीहरुले गीत गाएर नाचेर रमाइलो पनि गरे । नयाँ कक्षाकोठामा बालबालिकाहरु आँफैले रङग पनि लगाए, उनीहरु पढ्ने नयाँ कक्षाकोठामा बालअनुकुल डेस्कबेन्चहरुपनि राखिदिएको छ । गर्मी नहोस भनेर पंखा पनि हालिएको छ ।

महेश्वर लोहनी कक्षा ८
त्यो अहिले हामी सरल तरीकाले पढन पाएका छौ । सुविधायुतm तरीकाले पढन पाएका छौ ।

नयाँ कक्षा कोठा उद्घाटन गरेको दिन आफ्नो विद्यालय स्थापना गरिदिने ७ जना हजुरबाहरुलाइ बालबालिकाहरुको तर्फबाट विद्यालयले सम्मान पनि ग¥यो ।

विद्यालय बनेपछिको खुुसी Reviewed by on . यो खुसी यो उमगं आफ्नो विद्यालयको भवन बनेपछिको हो । २०७२ बैशाख १२ गतेको विनाशकारी भुकम्प परि धादिङ जिल्लाको चैनपुर गाउँ विकास समितिमा रहेको परोपकार आधारभुत विद्य यो खुसी यो उमगं आफ्नो विद्यालयको भवन बनेपछिको हो । २०७२ बैशाख १२ गतेको विनाशकारी भुकम्प परि धादिङ जिल्लाको चैनपुर गाउँ विकास समितिमा रहेको परोपकार आधारभुत विद्य Rating: 0

Leave a Comment

scroll to top