sagarmatha-icon  Free-Press-icon
Home » नयाँ पुस्ता वार्ता » माधवप्रसाद घिमिरे

माधवप्रसाद घिमिरे

March 30, 2015 9:42 am Category: नयाँ पुस्ता वार्ता Leave a comment A+ / A-

राष्ट्रकविका कुरा

ײगाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली
जय जय हे नेपाल सुन्दर शान्त विशाल
टाटाटुली बटुली कति राम्री पुतली ….ײ

यस्ता राम्रा राम्रा कविता लेख्ने राष्ट्रकवि माधवप्रसाद घिमिरे यही असोज ७ गते ९५ वर्ष पुग्नुभयो । यो उमेरमा उहाँ एउटा महाकाव्य लेखिरहनु भएको छ ।

कविवरसँग हामीले बालकविता र बालबालिका बारेमा धेरै कुरा गर्यौ । प्रस्तुत छ, त्यसको सारःम तीन किसिमका कविता लेख्छु । एउटा बाल कविता, अर्को छन्दको कविता, अर्को लोक लयको कविता । अरुको त चर्चा छ । तर बाल कविताको जति चर्चा हुनुपर्ने समालोचकहरूले लिनुपर्ने त्यति लिएका छैनन् । तर पाठ्यक्रममा देख्दछु मेरो बाल कविता सबैले लिएका छन् ।

बाल कविता के का निम्ति ! गाउँदा गाउँदै नाच्नको निम्ति नाच्दानाच्दै गाउँको निम्ति, गित गाउँदा गाउँदै, गुनगुनाउदै गुनगुनाउँदै त्यो बच्चा भविष्यको निम्ती ताकि जो बन्नुपर्ने हो आर्दश मान्छे त्यो पनि बनि हालोस् ।

एउटा उदाहरण म दिन्छु । हाम्रो पुरानो पद्दतीमा ए ठिटा हो ए बच्चा हो टाठो होउ मिलेर काम गर होइन भने थपड खाउला । नत्र कान निमाठी दिउँ । पलेटी मारेर सबै अनि यता पढ्न टाठो होऊ  भन्यो भने बच्चालाई त्यो गाली गरे जस्तो हुन्छ ।

अब मेरो कविता सुन्नुस्…..
कुरा गर्दछन् कसरी भँगेरा र भँगेरी
चुरवुर गर्दछ भँगेरो चिरबिर गर्छ भँगेरी
चारा चर्न हुन्न है यता उतर नहेरी
एउटा आँखी तँ हेरी एउटा आँखो म हेरी
टप्प, टिप कनिका टिपि हालौ नहेरी
चुर्र गर्छु म फेरी बुर्र उड्नु त फेरी
जिल्ल पर्छ बिरालो हिस्स पर्छ बोहोरी
कति बाठो भँगेरो कति बाठी भँगेरी

अब बच्चाले गाउँदा गाउँदै आफुले आफैलाई भँगेरो र भँगेरी सम्झैको हुन्छ । बाठो हुनु पर्छ भन्ने आफै उसको मनमा चेतना आउँछ । मिलेर काम गर्नुपर्ने पनि सिकाइ राखेको छ । यो हो बच्चाहरूलाई सिकाउने पद्धति भनेको ।

बाल गीतमा नृत्य
अधिकाँश बाल गीतमा मेरो नृत्य पनि छ । गायन त यसै छदैछ । अरु त छोड्दिनुस् सानो बच्ची जो नृत्य गर्न सक्दैन । त्यसको उ त्यसले पुतली बनाइरहेकी छ । त्यो पनि चलिराखेको छ । कति राम्रो पुतली भनेर सानो बच्चाको निम्ती लेखेको छु । र अल्लि माथिका निम्ती पनि लेखेको छु । ती सबै भित्र के भने बच्चालाई भविष्यको निम्ती कसरी तयारी गर्ने । उसले आफ्नो प्रकृतिसँग कसरी मिल्ने , समाजसँग कसरी मिल्ने मैले आफ्ना कवितामा दिएको छु ।

बच्चाहरू खुव मन पाउँछन् । मलाई खुसी लाग्छ । (हाँस्दै) तपाईले लेखेको हो, त्यो हो भनेर भन्छन् । हो त्यसो हो भने ल ल अहिले लेख्नुहोस्, हौन अ हौन म बुढो भए त्यो जाबो गीत मैले जस्तो तिमीहरूले कति लेख्न सक्छौ सक्छौ लेख है भन्यो । ह भन्छन् । 

बाल विकासका कुरा
बाल विकास क्रमिक रुपले हुन्छ । हामी जे कुरा देखेर सबै जान्दछौ एकैचोटी त्यो बच्चाहरूको हुँदैन । १३, १४, १५, वर्ष नपुगीकन मष्तिष्कको सम्पूर्ण विकास हुँदैन । त्यसो हुनाले बालकहरूको उमेर कुन छ । त्यसले कति कुरा समाउन सक्छ की सक्दैन त्यो विचार गर्नु पर्छ र पहिलो नम्बर त हामीले हाम्रा बच्चाबच्ची छोराछोरीहरूलाई हामीले शिक्षा दिने हो त्यो शिक्षा उसको रुची के मा छ त्यसैमा शिक्षा दिन पर्छ । हामीले र त्यो शिक्षा पनि भार बोके जस्तो होइन । उसैले बढी जान्न खोज्ने, जान्न खोज्ने र नजानेकोमा हामीले डोर्याएर लैजाने र सजिलोसँग जाने किसिमले शिक्षा प्राप्त गर्नु पर्छ । आफ्नो रुचीको विषय पायो भनेर निरन्तर अभ्यास गर्छ, सधै पढ्ने भयो भने त्यो विद्धान बन्छ । ठूलो मान्छे भन्छ । आफ्नो विषयको ज्ञाता विशेषज्ञ त्यो बन्छ । भारी बोकाए जस्तो गरेर किताब वोकाएर बोकाउने हो र । कक्षामा धेरै कुरा चाहिने भन्दा वढी किताब राखिदिने, रेकर्ड बजाए जस्तो बोलेर गुरु चाँही हिडने, बुझे बुझेनने केही पनि थाहा नहुने गर्नु भएन । पढाउनेले पनि उसले बुझाउने गरी पढाउनु प¥यो । बच्चाहरूले पनि बुझ्नु पर्यो र क्रमिकहरूले हामी शिक्षित बनाउदै जानुपर्यो ।

भविष्य बनाउने कुरा
हामी भविष्य बनाउने भन्छौ । भविष्य बनाउने भनेका बच्चाबच्चीको लागि राम्रो शिक्षा दिने तिनीहरूलाई चरित्रवान बनाउने हो । हामीले त्यो गर्न सक्यो भने भविष्य निर्माण हुन्छ । म ९५ पुगे, मैले जिउँदा जिउँदै भविष्य देखेको छु । म जन्मदाको बच्चाहरू पढाइको स्थिति राम्रो थिएन, पाठशाला थिएन, केही थिएन, पढ्यो भने फाप्दैन भनेर भन्थे । मैले मेरो गाउँमा पढ्यो भने फाप्दैन भन्ने ठाउँ हुर्केको मान्छे तैपनि मैले त्यहाँ पढाई गरे । त्यस्तो स्थीतिबाट अहिले नेपालका मान्छेहरू यति राम्रो गरेका छन् । नेपालका मान्छेले विश्वका राम्रा राम्रा शैक्षिक संस्थामा कार्यरत भएर पनि अनुशन्धान गरेर पढेर पढाएर पनि नेपाली पौरखी भएको सुनिन्छ । प्रतिभाशाली छन्, नेपालीहरू तर त्यो प्रतिभाको प्रष्फुटन हुन प¥यो । त्यो प्रस्फुटन गराउने चाँही शिक्षकको काम हो । हामी बुद्ध छौनौ बृद्ध बन्न सक्दछौ । हामी शंकराचार्य बन्न सक्दछौ । आइस्टाइन बन्न सक्दछौ ।

तर हामी सबै कुरा बच्चाबाट प्रारम्भ गर्नुपर्छ । बच्चालाई हेला गर्न पाइदैन तपाई घर बनाउनु छ  भने जग राम्रो हुनु पर्यो । जग बसेरै नै माथि आए । म केही नभएको ठाउँबाट एउटा कुनबाट पढेर आएको हु । बाबु हो बच्चाहरूलई भन्छु एक किसिमको शिक्षाको दृष्टीले अन्धकार भएको ठाउँवाट म आएको खोला जस्तै कता कता पाइन्छ । खोलाले आफै बाटो बनाउँछ, निरन्तर अभ्यास गरेर बाटो बनाएर यहाँ आएको हो । बच्चाहरू हो तिमीहरूले मेरो कविता मन पराई दिन्छौ । यो कविता र गीत मैले तिनै लोक गीतबाट सिकेको हो । तिनै बच्चाहरूको गितवाट मैले सिकेको हो । कविताको सिर्जनाको काम मेरो रुचिको काम हो त्यो । त्यसलाई मैले निरन्तर अगाडी बढाइराखे । तिमीहरूले पनि आफ्नो रुचिको विषय रोज । त्यसैमा तिमी अगाडी वढ्यौ भने आफ्नो क्षेत्रमा सबैभन्दा माथि पुग्न सक्दछ ।

प्रस्तुतिः विक्रम न्यौपाने

माधवप्रसाद घिमिरे Reviewed by on . राष्ट्रकविका कुरा ײगाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली जय जय हे नेपाल सुन्दर शान्त विशाल टाटाटुली बटुली कति राम्री पुतली ....ײ यस्ता राम्रा राम्रा कविता लेख्ने राष्ट्रकविका कुरा ײगाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली जय जय हे नेपाल सुन्दर शान्त विशाल टाटाटुली बटुली कति राम्री पुतली ....ײ यस्ता राम्रा राम्रा कविता लेख्ने Rating: 0

Leave a Comment

scroll to top