sagarmatha-icon  Free-Press-icon
Home » नयाँ पुस्ता वार्ता » मनैदेखि असुरक्षित

मनैदेखि असुरक्षित

March 30, 2015 9:46 am Category: नयाँ पुस्ता वार्ता Leave a comment A+ / A-

bartalaap-unsafe-innerनेपाली समाजमा महिलालाई गर्ने व्यवहार कस्तो हुन्छ ? यो प्रश्नको उत्तर व्यक्तिपिच्छे फरक हुन सक्छ । तर किशोरीहरू के सोच्छन् त नेपाली समाजका बारेमा ? के उनीहरू सहर बजारमा एक्लै हिड्दा सुरक्षित अनुभव गर्छन् त? गर्दैनन् । त्यसैले उनीहरू साथी लिएर हिड्छन् । फेरि प्रश्न किनमा नै अड्किन्छ ।

सजना बस्नेत: अब एक्लै हिँड्यो भने जे पनि हुन सक्छ, केहि गरी साथीहरुसँग हिँडयो भने आमाबुबासँग हिड्यो भने अलिकति सुरक्षित अनुभव हुन्छ । किनभने हामीलाई अलिकति गह्रो पर्यो हाम्रो साथी वा आमाबुबाले सहयोग गर्न सक्छन् ।

रजनी दुलाल: मलाईचाहिँ साथी लिएर हिँड्न मनलाग्छ किनकि साथी भयो भने केटाहरूले जिस्काउँदैन, एक्लै भयो भने जिस्काउँछ । एक्लै हिँड्यो भने केटाहरूले गेष्ट हाउस्मा हिँड अनि त्यहाँ बसौँ मेरो कोठामा जाउँ भन्छन् नि । त्यस्तो भयो भने एक्लै हैन साथीहरुसगँ हिँड्न मन लाग्छ ।

रुचि कार्की:म साथीसँग समूहमा हिँड्न रुचाउँछु किनभने एक्लै हिँड्दा हिम्मत आउँदैन । कसैलाई पनि नहेरी हिड्छु । समूहमा हिँड्दा हामी भन्न सक्छौ किन यस्तो गरिस्  भनेर । साथीहरुसँग हिँड्दा चाहिँ आफुलाई सुरक्षित पनि अनुभव हुन्छ ।

रिस्वी थापा: केटाहरुले जिस्काउँछ भनेर डर लाग्छ त्यहि भएर म एक्लै हिड्दिन ।

प्रस्तुति: संस्कृति चालिसे

मनैदेखि असुरक्षित Reviewed by on . नेपाली समाजमा महिलालाई गर्ने व्यवहार कस्तो हुन्छ ? यो प्रश्नको उत्तर व्यक्तिपिच्छे फरक हुन सक्छ । तर किशोरीहरू के सोच्छन् त नेपाली समाजका बारेमा ? के उनीहरू सहर नेपाली समाजमा महिलालाई गर्ने व्यवहार कस्तो हुन्छ ? यो प्रश्नको उत्तर व्यक्तिपिच्छे फरक हुन सक्छ । तर किशोरीहरू के सोच्छन् त नेपाली समाजका बारेमा ? के उनीहरू सहर Rating: 0

Leave a Comment

scroll to top