sagarmatha-icon  Free-Press-icon
Home » नयाँ पुस्ता वार्ता » मनबहादुर के.सी.

मनबहादुर के.सी.

March 30, 2015 9:49 am Category: नयाँ पुस्ता वार्ता Leave a comment A+ / A-

मुटु रोग विशेषज्ञ
कार्यकारी निर्देशक, शहिद गंगालाल राष्ट्रिय ह«दय केन्द्र

प्र. मानव शरिरमा मुटुको महत्व के हुन्छ ?
डा. के.सीः मुटु विनाको जीवन कल्पना गर्न सकिन्न । शरिरका केही महत्वपुर्ण अंगमा मष्तिस्क, फोक्सो, मृगौला, मुटु र कलेजो पाँचवटा अंग पर्दछन । यी पाँचवटा अंग विना कुनै पनि मानिस वा जिवजन्तुको परिकल्पना गर्न सकिन्न । यी पाँच महत्वपुर्ण अंगमा मुटु पनि पर्दछ ।

प्र. मुटुले हाम्रो शरिरमा के काम गर्छ ?
डा. के.सीः मुटु हाम्रो शरिरको छाती भित्र हुन्छ, अधिकांश मान्छेको छातीको बाँया भागमा मुुट हुन्छ, कसै कसैको अपवादका रुपमा दायाँ र कसैको विच भागमा पनि हुन्छ । मुुटुको मुख्य काम भनेको शरिरमा प्रवाह हुने रगतलाई पम्प गरेर शरिरका विभिन्न भाग मात्रै होइन, कोश कोशमा पुरयाउने हो । मुटु नभई रगत कोश कोशसम्म पुग्दैन अनि मानव जिवन पनि समाप्त हुन्छ ।

प्र. नेपालमा मुटु रोगीको अवस्था कस्ता छ ?
डा. के.सीः मुटु रोगी बढेको भनेको खासगरेर ठुलो मान्छेमा हो । वच्चाहरुमा पहिला जस्तो थियो, अहिले पनि त्यस्तै छ । बरु केही सुधार आएको छ । हाम्रो परिवेशमा वच्चामा मुटुका दुईखाले खाले रोग बढी देखिएको छ । एउटा जन्मदै गर्भबाटै लिएर आउने रोग, जन्माजात मुटुको रोग, अर्को जन्मिसकेपछि वच्चाको घाँटी दुखेको परिणाम स्वरुप मुटुको भल्म विग्रिने रोग छ । जसलाई मुटुको बाथ भने हुन्छ । जन्मजात मुटुको रोग संसारभर उस्तै नै छ, मुटुको बाथ भने विकसित देशहरुको तुलनामा हाम्र देशमा बढी छ । वच्चाको कुरा गर्दा,  त्यस्तो तथ्याकं नै त छैन तर  विगतका बर्षहरुमा केही सुधार भएको छ ।
ठुला मान्छेमा मुटुको रोगी भने बढीरहेको छ । त्यसको कारण, हाम्रो समाज भएको जीवनशैलीमा आएको परिवर्तन नै हो । चिल्लो भएको खाना, मासु धेरै खाने, तरकारी फलफुल कम खाने । निष्क्रिय जिवनशैली, नहिडने, व्यवम नगर्ने, मानसिक तनाव यी विभिन्न कारणले मुटुको रोग बढदो छ ।त्यसमा वच्चाहरुलाई के सन्देश दिउँ भने सानैदेखि स्वस्थ जिवन शैली अपनाउ, नियमित व्यायम गरौ, हिड्डुल गरौ, सकभर हतार छैन, टाढा छैन भने गाडी नचढने, हिडौ त्यसले पनि व्यायमको काम गर्छ । चुस्त दुरुस्त राख्न मदत्त गर्छ, तौल नबढन मदत्त गर्छ । अनि खानपिनमा वच्चैदेखि तारेको चीजविज, जंक फुडहरु, टिनमा भएका खानेकुरा, जस्तो लेज, चिप्स, कुरकुरे यस्ता खानेकुरा सकभर नखाउ । सागपात खाने, तरकारी खाने, फलफुल खाने । यसले वच्चाहरुलाई सानैदेखि स्वस्था जिवनशैली अपनाउन मदत्त गर्छ ।
 

प्र. यी जं्रक फुडका नकारात्मक असर चै के ?
डा. के.सीः बच्चाहरु चिल्लो बढी, मासु खाँदा तत्काल पचाउन त सक्छन । वच्चामा मासु, चील्लो केही मात्रामा जन खान जरुरी पनि छ । शाररिक विकासका लागि ती आवश्यक पनि छ । तर मैले जोड दिन खोजेको के भन्देखि वच्चैदेखि मासु खाउ त्यसमा केही छैन । चिल्लो पनि खाउ तर जंक खानाहरु जस्तो चाउचाउ, टिनमा राखेर प्याक गरेको, तारेको जस्तो लेज, कुरकुरे यस्ता विभिन्न खानेकुरा बानी बसालेर सागपात, फलफुल, घरमै पकाएको खाना खान छाड्यो भने पछि तपाईलाई त्यो वच्चैदेखि लागेको बानी ठुलोसम्मै लाग्छ । वच्चामा त त्यसले असर नपार्ला तर पनि पेटलाई भने पक्कै असर पारेको हुन्छ । तर ठुलो भएपछि पनि त्यस्तै तारेको, बोसो भएको मासु, मिठाई खाँदाखेरि शरिरमा कालोस्ट्रोल जम्मा गराउँछ । त्यसले शरिर भित्रका रगत नलीहरु साँगुरो बनाउँछ । मुटुको रगत नली साँगुरो भयो भने हर्ट एटयाक हुन्छ, मष्तिस्कको रगत नली साँगुरो भयो भने पक्षघात हुन्छ, मृगौलाको रगत नली साँगुरो भयो भने मृगौलाले काम गर्न छाड्छ । त्यसैले मैले भन्न खोजेको वच्चैमा त ती कुराहरु खाँदा केही नगर्ला तर सानोृमा जे बानी विकास बसायो, ठुलो हुदाँसम्म पनि बस्छ । त्यसकारण सानैदेखि स्वास्थकर बानी बसालौं ।

प्र. बालबालीकामा हुने आम मुटुको रोग के हो ?
डा. के.सीः हाम्रो देशमा दुइटा नै हो । एउटा भल्भ विग्रिने (मुटुको वाथ रोग), अर्को आमाको पेटबाटै लिएर आउने मुटुको रोग । जुन अत्यन्त धेरै हुन्छ । हामीले गर्ने अपरेशनमामा पनि आधा भन्दा बढी यहि दुइटा रोग पर्छन ।

मनबहादुर के.सी. Reviewed by on . मुटु रोग विशेषज्ञकार्यकारी निर्देशक, शहिद गंगालाल राष्ट्रिय ह«दय केन्द्र प्र. मानव शरिरमा मुटुको महत्व के हुन्छ ?डा. के.सीः मुटु विनाको जीवन कल्पना गर्न सकिन्न मुटु रोग विशेषज्ञकार्यकारी निर्देशक, शहिद गंगालाल राष्ट्रिय ह«दय केन्द्र प्र. मानव शरिरमा मुटुको महत्व के हुन्छ ?डा. के.सीः मुटु विनाको जीवन कल्पना गर्न सकिन्न Rating: 0

Leave a Comment

scroll to top