sagarmatha-icon  Free-Press-icon
Home » Activities » प्रतिमाको प्रतिभा

प्रतिमाको प्रतिभा

May 17, 2017 11:22 am Category: Activities, समाचार Leave a comment A+ / A-

मेरो नाम चाहिँ प्रतिमा शेर्पा हो, म चाहिँ यही रोयल नेपाल गल्फ कोर्स भित्र नै बस्छु, म चाहिँ एउटा गल्फ खेलाडी हुँ । पढाइ सगँसगैँ गल्फ गेम पनि खेली रहेको छु, बिहान सात बजे देखि ९ बजे सम्म गल्फ खेल्छु अनि त्यसपछि फेरी कलेज जान्छु ।
मेरो चाहिँ खास गल्फ कसरी स्टार्ट भन्दा एक दिन म यहिँ रोयल नेपाल गल्फ कोर्समा बसीराख्दा खेरी चाहिँ बाहिर चाहिँ दाउराकोले गरीराख्दा खेरी नेपाल गल्फ एसोसिएसनका सेक्रेटरी तासी घले ज्युले चाहिँ ठयाक्क देख्नु भएछ, उनि उहाँले देखि सकेपछि चाहिँ यो त राम्रो खेल्दो रहेछ मत्लब राम्रो स्विङ रहेछ भनेर शनिबार जुन जुनियर प्रोगाम हुन्थ्यो त्यसमा उसलाई आउ भन्दिनु है भनेर एउटा मान्छेलाई पठाइदिनु भयो एक्दम खुसी लाग्यो ।
फस्टमा मेरो ममि डयाडी चाहिँ यहि रोयल नेपाल गल्फ कोर्समै काम गर्नु हुन्थ्यो अनि उहाँहरु काम गर्नहुँदा मलाई पनि यहिँ लिएर आउनु हुन्थ्यो अनि त्यहाँ लिएर आउनु भएपछि अब म चाहिँ यहिँ छोड्दिनु हुन्थ्यो सबैले खेलेको देख्थेँ, आफुलाई पनि खेलौँ खेलौँ लाग्थ्यो अनि त्यहाँबाट त्यहि दाउराको अब हामीसगँ त यस्तो गल्फ रियल स्टिक त हुँदैन थियो त्यहि भएर दाउराकोले चाहिँ अरुको जस्तै कपि गरेर हामी हान्थ्यौँ बल चाहिँ बरु पाइन्थ्यो यता उता हराएको बलहरु पाइन्थ्यो अनि त्यसरी हान्थ्यौँ ।
मेरो चाहिँ पहिला मेरा डयाडीको नागरिकता पहिला बनाएको तर हराएको भएर केहि पनि अब प्रमाण नभएर अलि कति गाह्रो भएको थियो तर अहिले चाहिँ यो अस्तिको दिन चाहिँ मेरो नागरीक्ता बन्यो ।
चाइना जानको लागि सेलेक्ट भएको थिएँ यहि पासपोर्टको कारणले गर्दा जान पाइन अनि फेरी अर्को वर्ष पनि जित्दा फेरी अर्को वर्ष पनि जान पाइन इभन अब कति जानाले बाहिर तिर खेल्नको लागि स्पोन्सर गर्छु बाहिर आउ भन्दा पनि यहि एउटा प्रब्लमको कारणले गर्दा चाहिँ जान पाएको थिएन ।
जुन नागरिगता बनेको दिन एक्दम खुसी लागेको थियो, अब मेरो भविष्यको ढोका खोलेको जस्तो लागेको थियो बिचमा त्यहि नागरिकताले अड्काइरहेको थियो, अहिले एक्दम खुसी लागेको छ अब झन् मिहिनेत गरेर चाहिँ इन्टरनेशनल्लि खेल्ने ट्राइ गर्छु ।
फ्युचरमा मेरो अब मेन् टार्गेट भनेको ओलम्पिकमै छिर्नु हो। गल्फ पनि ओलम्पिकमा गइसकेको छ त्यसमा पनि छिर्ने ट्राइ गर्नु हो त्यस्तै गरी अब पढाइ पनि सगँसगैँ चाहिन्छ अब पढाइ बिना पनि गल्फ चाहिँ अधुरै हुन्छ अनि त्यो भएर पढाइ र गल्फलाई चाहिँ म सगँसगैँ अगाडी बढाउने प्रयास गर्छु ।

प्रतिमाको प्रतिभा Reviewed by on . मेरो नाम चाहिँ प्रतिमा शेर्पा हो, म चाहिँ यही रोयल नेपाल गल्फ कोर्स भित्र नै बस्छु, म चाहिँ एउटा गल्फ खेलाडी हुँ । पढाइ सगँसगैँ गल्फ गेम पनि खेली रहेको छु, बिहा मेरो नाम चाहिँ प्रतिमा शेर्पा हो, म चाहिँ यही रोयल नेपाल गल्फ कोर्स भित्र नै बस्छु, म चाहिँ एउटा गल्फ खेलाडी हुँ । पढाइ सगँसगैँ गल्फ गेम पनि खेली रहेको छु, बिहा Rating: 0

Leave a Comment

scroll to top