sagarmatha-icon  Free-Press-icon
Home » समाचार » निरन्तर अन्याय

निरन्तर अन्याय

May 17, 2017 11:41 am Category: समाचार Leave a comment A+ / A-

रुपन्देहीको शान्ति नमूना माध्यमिक विद्यालयका २८ जना दृष्टिविहीन विद्यार्थी ब्रेल लिपीमा लेख्नुहुन्छ । आँखा नदेख्ने भएकाले दृष्टिविहीन विद्यार्थीले छामेर र अरुले भनेको सुनेर परीक्षा दिनुपर्छ । ब्रेल लिपीमा लेख्ने उहाँहरुलाई परीक्षामा भने ब्रेल लिपीमा लेख्ने सुविधा नदिएर निरन्तर अन्याय गरिदै आएको छ ।
पवन यादव
हामीहरु चाहिँ सरले लेखाइदिएको नोटहरु छाम्छौँ, किताबहरु छाम्छौँ धेरै जसो छामेरै तयार गर्छौँ तर कहिले काहिँ नजानेका कोइसनहरु जान्ने जान्ने साथीहरुलाई बोलाएर देख्ने साथीहरुलाई बोलाएर उनिहरुलाई पढ्न भनेर हामीले सुनेर तयारी गरीरहेका छौँ ।

ब्रेल लिपी लेख्ने सुविधा नभएकाले एक कक्षा तल्लो तहको विद्यार्थीले परीक्षामा लेखीदिनु पर्ने वाध्यता छ । यसो गर्दा नेपाली तथा अग्रेजीमा हिज्जे र व्याकरण बिग्रने डर हुन्छ । सबैभन्दा बढी समस्या गणित विषयमा पर्छ ।
राजन मल्लाह
हामीले आफैँ लेख्न नपाएको हुनाले हाम्रो एक क्लास तल्लो साथीहरुले लेख्दिने भएका हुनाले विभिन्न स्पेलिङहरु बिग्रीन सक्छन विभिन्न सुत्रहरु बिग्रीन्छन अनि हामीलाई बताउन टाइम पनि पुग्दैन त्यसैले गर्दा हामीलाई अलि अपठ्यारो हुन्छ ।

कल्पना न्यौपाने
सबैभन्दा प्रोबल्म भनेको म्याथहरु हो है, हामीलाई पढाउने हामीलाई राम्रोसगँ म्याथहरु बुझाइदिने टिचरहरु भएमा हामीले एसएलसिमा अरु विषय जस्तै म्याथमा राम्रो मार्कस ल्याउँथ्यौँ जस्तो लाग्छ ।

यो पटकको एसइईमा रुपन्देहीको शान्ति नमूना माध्यमीक विद्यालयका ५ जना दृष्टिविहीन विद्यार्थीहरुले परीक्षा दिनुभयो । उहाँहरु सबैले हातले छामेर नै परीक्षा दिन वाध्य हुनुभयो । उसो त समस्या भोगेर परीक्षा दिदा पनि दृष्टिविहीन साथीहरु अहिलेसम्म परीक्षाको नतिजामा अगाडि नै हुनुहुन्छ । शान्ति नमूना माविबाट परीक्षा दिएका ४६ जना विद्यार्थीहरु प्रथम र विशिष्ठ श्रेणीमा उत्र्तिण भएका छन् । दृष्टिवीहीन विद्यार्थीलाई ब्रेल लिपीमा नै परीक्षा लिने हो भने वास्तवीक रुपमा उनीहरुको प्रतिभा वाहिर आउने थियो ।
अमृता पाण्डे भुवन पाण्डे

निरन्तर अन्याय Reviewed by on . रुपन्देहीको शान्ति नमूना माध्यमिक विद्यालयका २८ जना दृष्टिविहीन विद्यार्थी ब्रेल लिपीमा लेख्नुहुन्छ । आँखा नदेख्ने भएकाले दृष्टिविहीन विद्यार्थीले छामेर र अरुले रुपन्देहीको शान्ति नमूना माध्यमिक विद्यालयका २८ जना दृष्टिविहीन विद्यार्थी ब्रेल लिपीमा लेख्नुहुन्छ । आँखा नदेख्ने भएकाले दृष्टिविहीन विद्यार्थीले छामेर र अरुले Rating: 0

Leave a Comment

scroll to top