sagarmatha-icon  Free-Press-icon
Home » सिर्जना » नयाँ नेपाल निमाणका लागि बालबालिकाको भूमिका

नयाँ नेपाल निमाणका लागि बालबालिकाको भूमिका

April 11, 2015 11:55 am Category: सिर्जना, सिर्जना/साहित्य Leave a comment A+ / A-

हामी हौं देशका कर्णधार
देशको मुहार फेर्नुछ
चिटिक्क पारी आमालाई
आमाको मुहार फेर्नुछ

नरोए आमा म छु है
तिम्रो संरक्षण गर्नलाई
पढ्नेछु, बढ्नेछु, लढ्नेछु
नेपाल निर्माण गर्नलाई

आशिशै देऊ हे आमा
देशमा शान्ति ल्याउनलाई
हिम्मत देऊ हे आमा
शिक्षाको ज्योति बाल्नलाई

बालक हामी कर्णधार
कर्तव्य पालना गर्दछौ
नयाँ नेपाल निर्माण
हाम्रै हातमा सुम्पिछौ

डटेर हामी लड्नेछौं
हिंसा र हत्या विरुद्व
हामी नै बिना कसरी
गर्नेछौ देश निर्माण

अक्षरको खेती गर्दैछु
भविष्य राम्रो फल्नेछ
देशमा बत्ती ल्याउनेछु
मेची र काली बग्दैछ

एकमेठ्ठी सास रहेन्जेल
भूमिका बाँध्छु निष्ठाले
एक थोपा रगत रहुन्जेल
पैरखी बन्छु निष्ठाले

हामी हौ देशका सन्तती
देशको मुहार फेर्नुछ
चिटिक्कै पारी आमालाई
आमाको मुहार हेर्नुछ

प्रकृति भट्टराई
कक्ष ९
भी. एस. निकेतन

नयाँ नेपाल निमाणका लागि बालबालिकाको भूमिका Reviewed by on . हामी हौं देशका कर्णधार देशको मुहार फेर्नुछ चिटिक्क पारी आमालाई आमाको मुहार फेर्नुछ नरोए आमा म छु है तिम्रो संरक्षण गर्नलाई पढ्नेछु, बढ्नेछु, लढ्नेछु नेपाल निर्म हामी हौं देशका कर्णधार देशको मुहार फेर्नुछ चिटिक्क पारी आमालाई आमाको मुहार फेर्नुछ नरोए आमा म छु है तिम्रो संरक्षण गर्नलाई पढ्नेछु, बढ्नेछु, लढ्नेछु नेपाल निर्म Rating: 0

Leave a Comment

scroll to top