sagarmatha-icon  Free-Press-icon
Home » चिनारी » जलपरीका सपना

जलपरीका सपना

March 30, 2015 10:21 am Category: चिनारी Leave a comment A+ / A-

jal pari - Sofiyaसोह्र वर्षिया सोफिया शाहलाई पानीमा देख्दा जलपरी झै लाग्छ । पानीभीत्रका सबै किर्तिमान तोड्न लागेकी एक सुन्दर जलपरी ।

वैशाख २८ र २९ मा आयोजना गरिएको प्रथम लुम्बिनी राष्ट्रिय पौडीको पहिलो दिनमा नै यी सुन्दर जलपरीको हातमा तीन स्वर्ण पदक पर्यो । नयाँ कीर्तिमान बन्यो । २ सय मिटर फ्रिस्टाइलमा र ५० मिटर फ्रिस्टाइलमा सोफियाको पुरानो कीर्तिमानमा सुधार आयो । सोफियाले महिलाको २ सय मिटर फ्रिस्टाइल २ मिनेट २९.७२ सेकेन्डमा पूरा गर्नुभयो भने ५० मिटर फ्रिस्टाइल २९.५३ सेकेन्डमा पूरा गरेर कीर्तिमान नै बनाउनु भयो । यो प्रतियोगितामा सोफियाका हातमा ६ वटा स्वर्ण पदक परे ।

माछा जस्तै पौडीने सोफिया शाहको शक्ति अहिले निकै बढेको छ । पौडी खेल्न थालेको ५ वर्षमा सोफायाको खेल धेरै राम्रो भइसकेको छ । पाँच वर्षको अवधीमा सोफियाले राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी ६ वटा प्रतियोगितामा भाग लिइसक्नुभएको छ ।

सोफिया भन्नुहुन्छ, “पौडी खेल्न साह्रै रमाइलो हुन्छ । राष्ट्रिय खेलहरुमा मैले सोचेको जस्तो प्रतिस्पर्धी छैनन् । म पौडी खेलमा अझै धेरै बालिकाहरु सहभागी भएको हेर्न चाहन्छु किनकी यो साह्रै राम्रो खेल हो अनि बालिकाहरु पौडी खेल्न डराउनु हुन्न । उनिहरु चाहन्छन् भने म सहयोग गर्न तयार छु । सुरुमा डरलाग्दो लागे पनि अन्तराष्ट्रिय स्तरमाचैँ खेल निकै रोमाञ्चक छ ।”

jal pari - Sofiya2सोफियाले सन् २०१३मा स्पेनमा भएको १५ औँ फिना च्याम्पियनसिपमा २९.५३ सेकेन्डमा ५० मिटरको फ्रिस्टाइलको दुरी पार गर्दै राष्ट्रिय कीर्तिमान बनाउनु भएको थियो । यस्ता थुप्रै कीर्तिमान बनाउनु भएकी सोफिया यति बेला सन् २०१६ मा हुने ओलम्पिकमा खेल्न कडा मिहिनेत गर्दै हुनुहुन्छ । सोफिया भन्नुहुन्छ, “पहिला मलाई पौडी मनै पर्दैन्थ्यो । प्रशिक्षक पनि छुच्चोे लाग्थ्यो अनि त्यतिबेला साह्रै गाह्रो पनि भयो तर ९ कक्षामा पुगेँपछि चाहिँ विस्तारै पेाेडी निकै मन पर्न थाल्यो । अनि यो सबै मेरै लागि रहेछ, मैले सुधार गर्नु पर्छ भन्ने बुझ्न थाले र म अझै  सुधार ल्याउछु ।”

पौडी खेल्नु स्वस्थ्यको लागि निकै राम्रो हो । पौडी खेल्दा हामी तन्दुरुस्त पनि हुन्छौँ । पौडी खेल्ने चार वटा तरीका हुन्छन । बटरफ्लाइ, ब्याकस्ट्रोक, फ्रिस्टाइल र बे्रस्टस्ट्रोक । यस्तो तरिका हामी सामन्य खेल्ने बेला भन्दा पनि प्रतियोगिता तिर बढि प्रयोग गरीन्छ ।

सोफिया भन्नुहुन्छ,“ प्रयास गर्दै जानु पर्छ, जस्तो सुकै भए पनि पौडी खेल्न छोड्नु हुन्न । यसमा धेरै मिहिनेत पनि गर्नुपर्छ भन्ने मलाई थाहा छ । गाह्रो पनि हुन्छ तर खेल्न भने छोड्नु हुन्न । विस्तारै यो सहज पनि हुँदै जान्छ ।”
प्रस्तुति संस्कृति चालिसे

जलपरीका सपना Reviewed by on . सोह्र वर्षिया सोफिया शाहलाई पानीमा देख्दा जलपरी झै लाग्छ । पानीभीत्रका सबै किर्तिमान तोड्न लागेकी एक सुन्दर जलपरी । वैशाख २८ र २९ मा आयोजना गरिएको प्रथम लुम्बिन सोह्र वर्षिया सोफिया शाहलाई पानीमा देख्दा जलपरी झै लाग्छ । पानीभीत्रका सबै किर्तिमान तोड्न लागेकी एक सुन्दर जलपरी । वैशाख २८ र २९ मा आयोजना गरिएको प्रथम लुम्बिन Rating: 0

Leave a Comment

scroll to top