sagarmatha-icon  Free-Press-icon
Home » चिनारी » चित्रकलामा रमाएकी आयुष्मा

चित्रकलामा रमाएकी आयुष्मा

March 30, 2015 10:24 am Category: चिनारी Leave a comment A+ / A-

ayusmaकाठमाडौँ लगनकी सानोमा आयुष्मा रञ्जित आकाशमा उडने कल्पना गर्नुहुन्थ्यो । भविष्यमा हवाईजहाज उडाउने पाइलट बन्ने उहाँको इच्छा थियो ।तर त्यो भावि योजना अहिले फेरिएको छ ।

उहाँ चित्रकला मोहमा पुरै डुबी सक्नु भएको छ । अब उहाँ आफ्नो पूरै समय चित्रकलामा विताउन चाहनुहुन्छ ।अहिले दश कक्षामा पढ्ने आयुष्मा चित्र कोर्न भनेपछि हुरुक्क हुनुहुन्छ । पढाईबाट अलिककति फुर्सदको पायो कि उहाँको चित्रकला शुरु भईहाल्छ । ६ वर्षदेखि आयुष्मा नियमित चित्र कोरीरहनु भएको छ ।“घरमा बुवा र हजुरबुवाले चित्र बनाएको देखेर चित्र बनाउन सिकेको”, आफ्नो चित्रकलाको पहिलो कदमका बारेमा उहाँ भन्नुहुन्छ ।आयुष्मा थप्नुहुन्छ, “सानैदेखि नै स्केचहरु गर्थे, बुबाले पनि राम्रो स्केच गर्नुहुन्थ्यो, त्यो देखेर म पनि लागे,बिद्यालयमा हौसाल्ला पाए ।”

१५ वर्षकै उमेरमा आयुष्माले चित्रकला सम्बन्धि धेरै तालीम लिइसक्नुभएको छ । प्रतियोगिताहरुमा भाग लिएर धेरै पुरस्कार जित्नुभएको छ । आफ्नो प्रतिभाकै कारण आयुष्मा नई प्रकाशनले १५ वर्षमुनीका बालबालीकालाई प्रदान गर्ने नइ देरुनिखपु पुरस्कारका लागि छानिनु भएको छ ।चित्रकलामा दिदिले गरेको प्रगतीले बहिनीलाई पनि छोएको छ । त्यसैले आयुष्माकी बहिनी पनि चित्रकलामा जुट्न थाल्नुभएको छ । उहाँलाई पनि बहिनीले चित्रकारिता सकिेको मन परेको छ ।बहिनी आश्विनी भन्नुहुन्छ, “दिदीको हेरेर म पनि सिक्दैछु ।”

आयुष्माको चित्रकलाले उहाँको घरका सबैलाई खुशी पारेको छ । घरका सबै उहाँलाई सक्दो सहयोग गर्नुहुन्छ । विद्यालयको चित्रकला शिक्षक घरमै आएर चित्र कोर्न सिकाउनुहुन्छ ।उहाँको चित्रकला शिक्षक मदन श्रेष्ठलाई भविष्यमा आयुष्मा राम्रो चित्रकार बन्ने कुरामा बिश्वास छ ।आयुष्माले हामीलाई भविष्य राम्रो बनाउन पढाई बाहेक अफुलाई रुची लागेका अन्य क्रियाकलापमा लागेर पनि राम्रो नाम र दाम कमाउन सकिन्छ भनेर प्रमाण दिनुभएको छ ।“पढाई ठुलो हो तर पढाईसँगै नृत्य, गायन, चित्रकला तथा अन्यलाई पनि आफ्नो पेशा बनाउन सकिन्छ” अयुष्माको निक्र्यौल छ ।

चित्रकलामा रमाएकी आयुष्मा Reviewed by on . काठमाडौँ लगनकी सानोमा आयुष्मा रञ्जित आकाशमा उडने कल्पना गर्नुहुन्थ्यो । भविष्यमा हवाईजहाज उडाउने पाइलट बन्ने उहाँको इच्छा थियो ।तर त्यो भावि योजना अहिले फेरिएको काठमाडौँ लगनकी सानोमा आयुष्मा रञ्जित आकाशमा उडने कल्पना गर्नुहुन्थ्यो । भविष्यमा हवाईजहाज उडाउने पाइलट बन्ने उहाँको इच्छा थियो ।तर त्यो भावि योजना अहिले फेरिएको Rating: 0

Leave a Comment

scroll to top