sagarmatha-icon  Free-Press-icon
Home » Activities » चस्मा पाएर दंग

चस्मा पाएर दंग

May 17, 2017 11:20 am Category: Activities, समाचार Leave a comment A+ / A-

बाँके टिटिहिरियाकी कक्षा १० मा अध्ययनरत सुनिता थापा लामो समय देखि आँखासम्बन्धी समस्या भोग्दै आउनु भएको छ ।

सुनिताले बाया आँखाले देख्न सक्नु हुन्न । दाया आँखाले पनि नजिकको बस्तु देख्न र पढन गाहे हुने समस्या छ ।

गाउँमै आफ्नै बिद्यालयमा आँखा शिबिर संचालन हुने खबरले उत्साहित हुनु भएकी थापाले निशुल्क आँखा शिबिरमा आँखा परिक्षण गराउनु भयो । परिक्षणपछि चिकित्सकहरुले थापालाई चश्मा लगाउने सल्लाह दिदै चश्मा दिए । चश्मा लगाए पछि थापालाई नजिको देख्न र पढ्न सहज भएको छ ।

सुनिता थापा कक्षा १०, बाँके टिटिहिरिया
कस्तो भन्दा टाढाको बस्तु चाहिँ हेर्नुहुन्न रे अनि फरकै छ लगाउँदा र नलगाउँदा त ।
अनि तपाईँलाई के इजि भएको छ अहिले ?
भा छ ।
अब तपाईँ पढन राम्रोसगँ सक्नु हुन्छ?
सक्छु होला ।

सुनिताजस्तै उहाँका साथीहरु मनिषा बिक लाई पनि आँखा दुख्ने र नजिकको बस्तु राम्रोसंग देख्न नसक्ने समस्या थियो ।

तर मनिषाले यसअघि आँखा परिक्षण गराउन पाउनु भएको थिएन । मनिषाले आफ्नै बिद्यालयमा आयोजना गरिएको शिबिरमा पहिलो पटक आँखाको परिक्षण गराउनु भयो ।

चिकित्सकहरुले मनिषालाई चस्मा समेत दिए पछि मनिषा मख्ख पर्नु भएको छ । चश्मा लगाए पछि मनिषाको आँखा दुख्ने र नजिकको बस्तु राम्रोसंग देख्न नसक्ने समस्या समाधान भएको छ ।

मनिषा र सुनिता जस्तै उहाका साथीहरु तृर्सना योगी , रोशन शाही , सन्ध्या परियार र दक्षिणा बुढाले पनि आफ्नै गाउको बिद्यालयमा आयोजना गरिउको शिबिरमा आँखा चेक जाच गराएर चश्मा लिनु भएको छ ।

दुर्गम क्षेत्रका बिपन्न समुदायलाई सहज रुपमा आँखा रोगको उपचार सेवा पु¥याउने उद्देश्यले बाँकेको टिटहरियामा नि ः शुल्क आँखा शिविर संचालन गरिएको हो । ती मध्ये ३ सय ३६ जना विद्यार्थीहरु थिए । यहाँ जम्मा एक हजार एक सय ६ जनाले आँखा परिक्षण गराएका छन् ।

चस्मा पाएर दंग Reviewed by on . बाँके टिटिहिरियाकी कक्षा १० मा अध्ययनरत सुनिता थापा लामो समय देखि आँखासम्बन्धी समस्या भोग्दै आउनु भएको छ । सुनिताले बाया आँखाले देख्न सक्नु हुन्न । दाया आँखाले बाँके टिटिहिरियाकी कक्षा १० मा अध्ययनरत सुनिता थापा लामो समय देखि आँखासम्बन्धी समस्या भोग्दै आउनु भएको छ । सुनिताले बाया आँखाले देख्न सक्नु हुन्न । दाया आँखाले Rating: 0

Leave a Comment

scroll to top