sagarmatha-icon  Free-Press-icon
Home » Activities » घरको काम

घरको काम

May 17, 2017 11:39 am Category: Activities Leave a comment A+ / A-

अनिशा लामा, उमेरले १२ वर्षकी हुनुहुन्छ । सानै उमेर भएपनि घरको जिम्मेवारी भने उहाँले लिनुभएको छ । बुबा सिकर्मी काम गर्ने र आमा कामको लागी बाहिर जाने भएकोले घरायसी काम भने सबै अनिशाले नै सम्हाल्नुहुन्छ ।

अनिशा लामा

बिहान उठेर घर बडारने गर्छु पानि सानि ल्याउँछु ममीहरुलाई खाना ल्याउने घर बडारने सघाउने गर्र्छु घरायसी काम पनि गर्न सक्छु ।

अचेल प्राय बालबालिकाहरु भान्छा कोठामा छिर्न र घरायसी काम गर्न मनपराउँदैनन् । तर दोलालघाट बिमीरेकी अनिशालाई भने सबै घरायसी काम गर्न आउँछ । आमा बुबाको व्यस्ततामा अनिशा पसलको काममा पनि सघाउनुहुन्छ । बालबालिकालाई काम अरहाए उनिहरुको अधिकार हनन् हुने भनेर कुरा उठदै आएको छ । तर आफनै घरमा यसरी काम गर्दा धेरै कुरा सिक्ने बताउनुहुन्छ अनिशा ।

अनिशा लामा
ठूलो भएपछि सिक्नुपर्छ सानै हुदाँ सिक्यो भने अलि राम्रो नि हुन्छ ममीहरुलाई सघाउन पनि राम्रो हो त्यहि भएर खाना बनाएर खुवाउँछु डयाडिलाई र ममीलाई ।

बिहान बेलुकी घरको काम गरीसकेपछि भने अनिशा अफनो पढाईलाई नै निरन्तरता दिनुहुन्छ । अहिले उहाँ कक्षा ७ मा पढदै हुनुहुन्छ ।

घरको काम Reviewed by on . अनिशा लामा, उमेरले १२ वर्षकी हुनुहुन्छ । सानै उमेर भएपनि घरको जिम्मेवारी भने उहाँले लिनुभएको छ । बुबा सिकर्मी काम गर्ने र आमा कामको लागी बाहिर जाने भएकोले घरायस अनिशा लामा, उमेरले १२ वर्षकी हुनुहुन्छ । सानै उमेर भएपनि घरको जिम्मेवारी भने उहाँले लिनुभएको छ । बुबा सिकर्मी काम गर्ने र आमा कामको लागी बाहिर जाने भएकोले घरायस Rating: 0

Leave a Comment

scroll to top