sagarmatha-icon  Free-Press-icon
Home » समाचार » गोष्ठीमा मोडलिङ

गोष्ठीमा मोडलिङ

May 17, 2017 11:15 am Category: समाचार Leave a comment A+ / A-

तनहुँको दमौलीमा केही अगाडि सकिएको नेपाल जुनियर तथा युवा रेडक्रसको ३७औं राष्ट्रिय गोष्ठीको सबैभन्दा ठूलो आकर्षण छात्राहरुको फेसन सो थियो ।
छात्राहरुले गुरुङ्ग, मगर, नेवार, क्षेत्री, बाहुन, तामाङ्ग, मुस्लिम, दरै लगायतका समुदाय तथा धर्म, संस्कृतिको पहिचान झल्कने भेषभूषामा सजिएर ¥याम्प मोडलिङ गरेका थिए ।
छात्राहरुले उक्त प्रस्तुतिबाट हामी नेपाली, हाम्रो भाषा, भेष, संस्कृति, रितिरिवाज हामी सबैको साँझ पहिचान र एकताको सन्देश दिन खोजेका थिए ।
रेडक्रसको गोष्ठी “रेडक्रसका जुनियर तथा युवा समुदाय सशक्तिकरणका लागि साझा” भन्ने मूल नाराका साथ चलेको थियो ।
मुलुक भरबाट नेपाल रेडक्रसका ६ हजार २ सय १८ जुनियर तथा युवा सर्कलहरुमा ३७५ जना प्रतिनिधिले गोष्ठीमा उपस्थिति रहेको थियो । उनीहरु मानवीय सेवामा संलग्न ८ लाख २९ हजार २४० जनाबाट चुनिएर आएका थिए ।
जुनियर तथा युवामा स्वयंसेवाको भावना विकास गरी सैद्धान्तिक विषयको ज्ञान र व्यवहारिक सीप प्रदान गर्नु यस गोष्ठीको मुख्य उद्देश्य थियो । रेडक्रसका मुख्य सातवटा सिद्धान्तलाई अवलम्वन गर्दै समाज परिवर्तनका तर्फ युवाहरु केन्द्रित हुनुपर्ने र युवाहरुको नेतृत्वदायी भूमिकाले नै मुलुकमा परिवर्तनको व्यवस्थापन गर्न सकिने कार्यक्रमका अतिथिहरुले बताएका थिए ।

गोष्ठीको आतिथ्यता गरेको सत्यवती माध्यमिक विद्यालयका छात्राछात्राहरुले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरी भरपुर मनोरञ्जन समेत प्रदान गरेका थिए ।

गोष्ठीमा मोडलिङ Reviewed by on . तनहुँको दमौलीमा केही अगाडि सकिएको नेपाल जुनियर तथा युवा रेडक्रसको ३७औं राष्ट्रिय गोष्ठीको सबैभन्दा ठूलो आकर्षण छात्राहरुको फेसन सो थियो । छात्राहरुले गुरुङ्ग, म तनहुँको दमौलीमा केही अगाडि सकिएको नेपाल जुनियर तथा युवा रेडक्रसको ३७औं राष्ट्रिय गोष्ठीको सबैभन्दा ठूलो आकर्षण छात्राहरुको फेसन सो थियो । छात्राहरुले गुरुङ्ग, म Rating: 0

Leave a Comment

scroll to top