sagarmatha-icon  Free-Press-icon
Home » चिनारी » किर्तिमानी शिरिष

किर्तिमानी शिरिष

March 30, 2015 10:27 am Category: चिनारी Leave a comment A+ / A-

shrish-100यो हप्ता समाप्त भएको पौडि प्रतियोगीतामा पाँचवटा राष्ट्रिय रेकर्ड तोडेर १४ वर्षका शिरीष गुरुङ नयाँ पुस्ताका लागि नायक बन्नु भएको छ । उहाँले काठमाडौँमा तीन दिनसम्म चलेको सबै उमेर समूहका १४ थरी पौडीमा भाग लिएर १३ वटामा गोल्ड मेडल जित्नुभएको छ । नेपालको इतिहासमा एउटै प्रतियोगितामा एकै जनाले यति धेरै पदक जितेको पहिलो पटक हो ।

शिरिष आफैलाई पनि यति धेरै पदक जितुला जस्तो लागेको थिएन । “पदक सितै ट्राफिपनि पाइयो, पहिला पाएको थिएन”, उहाँ भन्नुहुन्छ ।

यसै बर्षको साउनमा उहाँले १५०० मिटर फ्रि स्टाईलमा नेपालकै २८ वर्ष पुरानो रेकर्ड आफ्नो नाममा लेखाउनु भएको थियो । यतिमात्रै होइन, शिरीषले आफ्नै गुरुको पन्ध्र वर्ष पुरानो दुई वटा रेकर्ड पनि तोड्नु भएको छ । यसबाहेक उहाँले साफ गेम्समा बनेको दुई किर्तिमानलाई पनि पाखा लगाउनुभयो ।

“मेरो गुरु वाङ्गदेन लामाले २ सय मिटर बटरफ्लाइ र ४ सय मिटर आई एममा राख्नुभएको रेकर्ड पनि मैले नै यो टुर्नामेन्टमा तोडे”,शिरिष भन्नुहुन्छ ।

यसअघि उहाँले सातौ प्रमोद मेमोरियल पौडी प्रतियोगीतामा नौ स्वर्ण, चार रजत र दुई कास्य हात पार्न सफल हुनुभएको थियो ।

सानैमा नेपालका सबैभन्दा सफल पौडी खेलाडी बन्नुभएका शिरीषका परिवारका उनको सफलतामा खुसी हुनुहुन्छ । उहाँ पनि आमाबुबाको सपना पूरा गर्न पाउँदा त्यतिकै दङ्ग हुनुहुन्छ ।

पौडी खेल्न शारिरीक रुपमा सक्षम हुनुपर्छ । उमेरमा कान्छा भएपनि शिरीष अन्य खेलाडीहरू भन्दा शारिरीक रुपमा तन्दुरुस्त हुनुहुन्छ । उहाँलाई झट्ट देख्ने जो कसैले पनि उमेर अनुसारको ज्यान पत्याउन गा¥हो मान्छन । तर त्यसका लागि आफ्नो छोरालाई कुनै बिशेष परिकार नखुवाएको वताउँदै उहाँका बुवा श्रीराम गुरुङ भन्नुहुन्छ,”उही गोर्खालीले दालभात नै हामीले पनि उसलाई खुवाउने ।”

काठमाडौंको केन्द«ीय विद्यालयमा कक्षा १० मा पढ्ने शिरीष नियमित अभ्यास गर्नुहुन्छ । केही समय अघि न्युजिल्याण्डबाट आएका पौडी गुरुले शिरीषको क्षमतालाई बुझेर सिकाउनुभएको थियो । त्यसपछि शिरीषले पनि गुरुले भनेजस्तै अभ्यास गर्नुभयो र सफल हुनुभयो ।

उहाँको सफलताका बारेमा गुरु क्लेफ थ्रेड गोल्ड भन्नुहुन्छ,” उसमा अझ धेरै प्रगती गर्ने प्रचुर सम्भावना छ, यो तीन महिनामा उसले गरेका्े प्रगतिबाट म निकै उत्साही छु ।”

६ वर्षको सानो उमेरदेखि पौडी खेल्न थाल्नुभएका शिरीषको मन पर्ने खेलाडी अमेरिकाका चर्चित पौडी खेलाडी माइकल फेल्पस हुनुहुन्छ । शिरीषको पानीसितको मितेरी पनि सानो उमेरदेखि भएको हो ।

उनका आमा सपना गुरुङ सम्झनुहुन्छ,”उ सँधै पानीसित रमाउथ्यो, पानीमा नै खेलिरहन्थ्यो ।“

आफ्नो धोको अब  देशका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने रहेको शिरिष वताउनुहुन्छ ।

“मलाई ओलम्पिकमा केही गरेर देखाउने ठुलो रहर छ”, उहाँ भन्नुहुन्छ ।

कलिलै उमेरमा पौडीमा नाम कमाएका शिरीष अब नेपाल प्रहरीबाट खेल्नु हुनेछ । र, त्यसवापत उहाँले विभिन्न सुविधा र तलब पनि पाउनु हुनेछ । साथै, उहाँ यस वर्ष दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि नेपालका लागि पौडिन जाँदै हुनुहुन्छ ।

यो वर्षको अन्तिम प्रतियोगितामा उहाँले राम्रो खेल्नु भएको छ, तर पौडीमा रमाउने शिरीषलाई अब ६ महिना जति स्विमीङ पुलबाट बाहिर बस्नु पर्ने हुन्छ । पानी चिसो हुने र अब ६ महिनासम्म कुनै प्रतियोगिता पनि नभएकोले हामीलाई शिरीषले अरु थप नयाँ किर्तिमान बनाउन केही समय पर्खिनुपर्ने हुन्छ ।

यी त भए शिरीष र उनको पौडीवाजको कुरा । उहाँको निपुणता यतिमै टुङ्गीदैन । उहाँ पौडी बाहेक सितेरियो कराँतेका ब्राउन वेल्ट हुनुहुन्छ भने, घोडचढी र टेनीस खेलमा पनि आफुलाइ आफुलाई चिनाई सक्नुभएको छ ।

खेल बाहेक गीत संगीत तथा रंगमञ्चमा पनि शिरीष सक्रिय हुनुहुन्छ  ।

उहाँ किबोर्ड बादनमा एकल कार्यक्रम पाँच बर्ष अघि नै भईसकेको छ । शिरीषको शिरीषको धुन र आवाज नामको दुई एल्बम सार्वजानीक भईसकेको छ । नेपालकै मानिएका गायक फत्तेमानले समेत उहाँको धुनमा गीत गाईसक्नु भएको छ ।

खेल, गीत, संगीत सँगै उहाँले हिजोआजका कुरा, जिरे खुर्सानी तथा प्रहरी अनुरोध टिभि कार्यक्रममा समेत बाल कलाकारका रुपमा अभिनय गरिसक्नु भएको छ ।

त्यति मात्रै होइन उनी आफ्नो पढाई पनि त्यति नै अब्बल हुनुहुन्छ । “सँधै नब्बे प्रतिसत अंक हरेक बिषयमा नघाएकै हुन्छ” आमा सपना भन्नुहुन्छ ।

शिरीषको किर्तिमानी पनि सानै उमेरदेखि शुरु भएको रहेछ । पाँच बर्षको उमेरमा उहाँले हलुका सवारी साधन चलाएर देखाउनु भयो । त्यसको एक बर्ष पछि ठूलो सवारी साधन क्रेन पनि चलाएर दे्खाउनुभयो ।

—चन्दनकुमार मण्डल 

किर्तिमानी शिरिष Reviewed by on . यो हप्ता समाप्त भएको पौडि प्रतियोगीतामा पाँचवटा राष्ट्रिय रेकर्ड तोडेर १४ वर्षका शिरीष गुरुङ नयाँ पुस्ताका लागि नायक बन्नु भएको छ । उहाँले काठमाडौँमा तीन दिनसम् यो हप्ता समाप्त भएको पौडि प्रतियोगीतामा पाँचवटा राष्ट्रिय रेकर्ड तोडेर १४ वर्षका शिरीष गुरुङ नयाँ पुस्ताका लागि नायक बन्नु भएको छ । उहाँले काठमाडौँमा तीन दिनसम् Rating: 0

Leave a Comment

scroll to top