sagarmatha-icon  Free-Press-icon
Home » सिर्जना » असीमको पढाई..

असीमको पढाई..

April 11, 2015 11:57 am Category: सिर्जना, सिर्जना/साहित्य Leave a comment A+ / A-

 “असीम ए असीम चाडो उठ, स्कूल जान ढिला भइसक्यो” असीमको ममीले भन्नुभयो ।
“ह्या कस्तो पेट दुःखीराको छ डिस्टर्ब नगर्नु न हौ ।” असीमले ओच्छ्यानबाट भन्यो ।
“अँ पेट दुख्छनी हामीलाई थाहा हुदैँननी बहाना बनाउँछस् ?” असीमको ममीले फेरि भन्नुभयो ।
“तपाईलाइ जसरी भए पनि पास भइदिए पुग्दैन ।” असीमले ओच्छ्यानबाट उठ्दै भन्यो ।
“यसरी नै पढिस् भने पास हुन्छस् सानो कक्षामा तँ लिसिङ पिसिङ गंर्दा हुन्थ्यो तर अहिले ठूलो कक्षामा यसरीनै पढेर पुग्छ हँ ? न पढेको देखिन्छ न होमवर्क गरेकै देखिन्छ ।” असीमको ममीले रिसाएर भन्नुभयो ।
“ह्या ममी ल्याङल्याङ नगर्नु न, आजसम्म म फेल भएको छु ?”असीमले भन्यो ।
हेरौँला भन्दै ममी भित्र जानुभयो ।

असीम कक्षा ७ मा पढ्ने विद्यार्थी हो । ऊ बिहान जहिले ढिलो उठ्थ्यो र हातमुख धुन्थ्यो र स्कुल जान्थ्यो । ऊ स्कूल पुगेर सदा जसरी आफ्नो साथीहरुको कापीबाट होमवर्क सार्न थाल्थ्यो । उसलाई केही कुराको टेनसन थिएन ।

३ हप्ता पछि दोस्रो त्रैमासिक परीक्षा आउने भयो । परीक्षा सकियो र त्यसको तीन चार दिन पछि परीक्षाको रिजल्ट आउने भयो ।
असीमका साथीहरु आफ्नो रिजल्ट के—कस्तो हुन्छ भनेर चिन्तित थिए तर असीम भने एकदमै खुसी थियो किन भने उसले सोचिरहेको थियो कि ऊ पास पक्कै हुन्छ । रिजल्ट आयो सरहरुले सबैलाई रिजल्ट लिन बोलाए । असीमका साथीहरु सन्दीप, रविन र अभिसेक पास भएछन् । तर असीम नेपाली, विज्ञान र गणितमा फेल भएछ । उसलाई एकदम नरमाइलो लाग्यो ।

हेडसरले उसलाई  भन्नुभयो “सधैँ पास हुने मान्छे यो परीक्षामा कसरी फेल भयौँ हँ ? कि घरमा पढ्दैनौ हँ ?” असीम घोसेमुन्टो लगाएर बस्यो । स्कुल छुट्टी भएपछि कसैसँग नबोली घर गयो ।

असीमले घर गएर लुगा फे¥यो, हात मुख धोयो र केही नभनी पढ्न थाल्यो । असीमको ममीले अचम्म मानेर सोध्नुभयो “होइन यो असीम के गर्न आट्दै छ हँ ?” असीमले आँखा भरि आँसु पारेर भन्यो “ममी म आज देखि मिहिनेत गरेर पढ्छु र स्कूल टप गर्छु र सन्दीप, रविन र अभिसेक लाई जितेर छाड्छु ।” यति भनेर असीम फेरि पढ्न थाल्यो र असीमको ममी मनमनै खुसी हुदैँ भित्र जानुभयो ।

प्राश्ना पराजुली

असीमको पढाई.. Reviewed by on .  “असीम ए असीम चाडो उठ, स्कूल जान ढिला भइसक्यो” असीमको ममीले भन्नुभयो । “ह्या कस्तो पेट दुःखीराको छ डिस्टर्ब नगर्नु न हौ ।” असीमले ओच्छ्यानबाट भन्यो । “अँ पेट दु  “असीम ए असीम चाडो उठ, स्कूल जान ढिला भइसक्यो” असीमको ममीले भन्नुभयो । “ह्या कस्तो पेट दुःखीराको छ डिस्टर्ब नगर्नु न हौ ।” असीमले ओच्छ्यानबाट भन्यो । “अँ पेट दु Rating: 0

Leave a Comment

scroll to top